कांग्रेस केन्द्रीय समितिको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको आजको बैठक सकिएको छ । अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने पार्टी सभापति शेरबहादुर देउवाले जानकारी दिए ।

कांग्रेसले पहिलोपटक केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण गरेको छ । बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले नेपालका राजनीतिक दलहरूको बैठक सञ्चालनको क्रममा यो पहिलोपटक यस्तो भएको सुनाएका थिए ।

“सम्भवत : नेपालका राजनीतिक दलहरूकै संगठन सञ्चालन, बैठक सञ्चालनको प्रक्रियामा नै पहिलोपटक फेसबुकमार्फत प्रत्यक्ष रूपमा लाइभ गरिँदैछ,” उनले बैठकमा भने । आजको बैठकमा महामन्त्री गगन थापाले संगठनसम्बन्धी प्रस्ताव र वार्षिक कार्यक्रमको क्यालेन्डर प्रस्तुत गरेका थिए । बैठकमा अनुशासन समिति, निर्वाचन समितिलगायतको प्रतिवेदन प्रस्तुत भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर