कांग्रेस रुपान्तरण अभियान प्रतिवेदन बुझ्न अस्वीकार

काठमाडौं । नेपाली कांग्रेसका केही नेताहरुले चलाएको ‘कांग्रेस रुपान्तरण अभियान’ सम्बन्धी प्रतिवेदन बुझ्न सभापति शेरबहादुर देउवाले अस्वीकार गरेका छन्। उक्त प्रतिवेदन मंगलबार बिहान बुझाउने भने पनि देउवाले समय उपलब्ध गराएनन्। त्यसपछि अभियन्ताहरुले पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिवलाई बुझाएको नेता गुरुराज घिमिरेले बताएका छन्।

‘प्राप्त सुझावहरु सुत्रबद्ध गरेर पार्टी सभापतिलाई बुझाउने कोसिस गर्‍यौं। राजनीतिक व्यस्तता र अस्वस्थताले हामीलाई समय उपलब्ध भएन,’ घिमिरेले भने, ‘त्यसैले सभापति समक्ष पुगोस् भनेर पार्टी कार्यलयका मुख्य सचिवलाई बुझाएका छौं।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर