मानबहादुर राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त

काठमाडौं । मानबहादुर श्रेष्ठ नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त भएका छन् ।

नेपाल भलिबल संघले सोमबार श्रेष्ठलाई कप्तान नियुक्त गरेको हो ।

गएको महिना मात्र नियुक्त भएका हरिहजुर थापालाई कप्तानबाट हटाईएपछि श्रेष्ठलाई नियुक्त गरिएको हो ।

काठमाडौंमा भर्खरै सम्पन्न सातौं एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबलमा अनुशान भंग गरेको आरोपमा थापा कप्तानबाट हटाईएका हुन् ।

विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन् ।

एसियन गेम्समा मानबहादुरको कप्तानीमा नेपालले प्रतियोगिता खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर