बिम्स्टेक सदस्य मुलुकबीच एकापसमा सहयोग सुदृढ पारिने

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) सदस्य मुलुकका विदेश मन्त्रीहरुबीच एकापसमा सहयोग सुदृढ पार्ने उपायबारे छलफल भएको छ ।

थाइल्यान्डको राजधानी बैंककमा आज (सोमबार) बिम्स्टेक सदस्य मुलुकका विदेशमन्त्रीबीच आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल भएको हो । परराष्ट्रमन्त्री एनपी साउदले छलफलका क्रममा ऊर्जा सहयोग, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा तथा प्रविधिसहितका क्षेत्रमा कुरा भएको जानकारी दिए । ‘बैंककमा हामी बिम्स्टेक सदस्य राष्ट्रका विदेशमन्त्रीले आपसी सहयोगलाई सुदृढ पार्ने उपायबारे फलदायी छलफल गरेका छौँ,’ उनले भने, “ऊर्जा, प्रसारण लाइन विस्तार, जलवायु परिवर्तन, स्वास्थ्य र खाद्य सुरक्षा र प्रविधि हाम्रो छलफलका प्रमुख क्षेत्र थिए ।”

बिम्स्टेकमा नेपाल, भारत, भुटान, बङ्गलादेश, श्रीलङ्का, थाइल्याण्ड र म्यानमार सदस्य छन् । बैंककमा परराष्ट्रमन्त्री साउद र भारतीय विदेशमन्त्री एस जयशङ्करबीच ‘साइडलाइन’ वार्ता हुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर