बस भाडा समायोजन

काठमाडौं । सरकारले सार्वजनिक सवारीको भाडा घटाएको छ। पेट्रोलियम पदार्थमा स्वचालित मुल्य प्रणाली लागु भएसंगै यातायात व्यवस्था विभागले सार्वजनिक सवारीको भाडा घटाएको हो ।

यातायात व्यवस्था विभागका अनुसार आजदेखि लागू हुने गरी यात्रुबाहक सवारी साधनको भाडा २.१३ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा २.७८ प्रतिशत र तराईंको बाटोमा सञ्चालन हुने मालबाहक सवारी साधनको भाडा ३.०९ प्रतिशतले घटाएको छ ।

सार्वजनिक यातायातको भाडा समायोजन गर्दा आधार मानिएको इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढीले बढेमा वा घटेमा विभागले अभ्यास गर्दै आएको वैज्ञानिक भाडा समायोजन प्रणाली अनुसार स्वचालित रुपमा अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर