आफ्नै बुवाले छोरीमाथि खुकुरी प्रहार

काठमाडौँ । स्याङजाको भिरकोट नगरपालिका ७ चिउरी खर्कमा आफ्नै बुबाले छोरीमाथि खुकुरी प्रहार गरेका छन् । स्थानीय ४० वर्षीय बुबा यमबहादुर गुरुङले घरायसी विवादमा १७ वर्षीय छोरी जुना गुरुङमाथि खुकुरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पदमबहादुर थापाले जानकारी दिए ।
खुकुरी प्रहारबाट घाइते भएकी जुनाको भिरकोट नगर अस्पतालमा सामान्य उपचार पश्चात् थप उपचारको लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर