राष्ट्रपतिबाट ३ वटा विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बजेटसम्बन्धी तीनवटा विधेयक प्रमाणीकरण गरेका छन्। संघीय संसदबाट पारित भई नेपालको संविधानको धारा ११३ को उपधारा (१) बमोजिम प्रमाणीकरणका लागि पेश हुन आएका तीनवटा विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले प्रमाणीकरण गरेका राष्ट्रपतिको कार्यालयले जनाएको छ।

जसमा विनियोजन विधेयक २०८०, आर्थिक विधेयक २०८० र राष्ट्र ऋण उठाउने विधेयक २०८० रहेका छन्। राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयनमा गएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर