नेवानिमा ३० जना एअर होस्टेसको माग

काठमाडौं । नेपाल वायुसेवा निगमले विमान परिचारिका (एअर होस्टेस) माग गरेको छ। निगमको उड्डयन सेवा, क्याबिन क्रु समूहतर्फ रिक्त ३० पदका लागि करार सेवामा पदपूर्ति गर्न लागेको हो।

प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेका १८ वर्ष पूरा भएका र २५ वर्ष ननाघेका इच्छुक उम्मेदवारले आवेदन दिन सक्नेछन् । योग्य व्यक्तिले १५ दिनभित्र दरखास्त दिन सक्ने र अनलाइनमार्फत आवेदन दिन सक्ने निगमले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर