इजरायलमा न्यायिक सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन

काठमाडौं । इजरायलमा प्रधानमन्त्री बेञ्जामिन नेतान्याहुको न्यायिक क्षेत्र सुधार कार्यक्रम विरुद्ध ब्यापक प्रदर्शन भएको छ ।

न्यायाधीशहरुको नियुक्तिमा सरकारको हात माथि पार्ने गरी ल्याइएको न्यायिक सुधार सम्बन्धि विधेयकलाई मतदानमा लैजाने तयारीमा सरकार लागेपछि विपक्षी दलहरुको आह्वानमा प्रदर्शन भएको हो ।

राजधानी तेलअभिव र अन्य शहरहरुमा लाखौं मानिस सडकमा उत्रिएका छन् । प्रधानमन्त्री नेतान्याहुको योजना अनुमोदन हुँदा न्यायिक क्षेत्रमा राजनीतिक हस्तक्षेप हावी हुने दाबी विपक्षीहरुले गरेका छन् । प्रदर्शनकारीहरुले सरकार बिरुद्ध चर्को नाराबाजी गरेका छन् भने एसओएस लेखेको ठुल्ठुला ब्यानार बोकेका छन् ।

उनीहरुले गुलाबी र सुन्तला रंगको पाउडर हावामा फालेर पनि बिरोध जनाएका छन् । प्रदर्शनकारीहरुले जेरुसेलमस्थित प्रधानमन्त्री नेतान्याहुको घर अगाडि पनि प्रदर्शन गरेका छन् । जतातलैको प्रदर्शनका कारण जनजीवन अस्तब्यस्त बनेको छ भने प्रधानमन्त्री नेतान्याहु अस्वस्थताका कारण अस्पताल भर्ना हुनुभएको छ ।

विपक्षी दलहरुले २८ हप्तादेखि न्यायिक सुधार कार्यक्रममो विरोधमा प्रदर्शन गर्दै आएका छन् । सरकारले भने यही जुलाई भित्र विधेयक पारित गर्ने तयारी गरेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर