स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव

काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ।

देशको गण्डकी, कर्णाली, लुम्बिनी र सुदूर पश्चिम प्रदेश सहित बाँकी प्रदेशका पहाडी भूभागमा सामान्य बदली रही अन्य भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तै, दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन रचट्याङ्ग र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

यसैगरी, राती देशभर सामान्य बदली रहने छ। देशका केही स्थानहरुमा मेघ गर्जन चट्याङ्ग र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका उच्च पहाडी तथा हिमाली भुभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर