इङ्ल्याण्डका मिडफिल्डर डेक्लान राइस १ सय ५ मिलियन पाउण्डमा अनुबन्धन

काठमाडौं । आर्सनलले इङ्ल्याण्डका मिडफिल्डर डेक्लान राइस अनुबन्धन गरेको छ । लण्डन क्लबले वेस्ट ह्याम कप्तान राइसलाई १ सय ५ मिलियन पाउण्डमा क्लबमा अनुबन्धन गरेको हो ।

२४ वर्षका खेलाडीले क्लबबाट बिदा लिएको औपचारिक घोषणा गरेपछि क्लबले यसको पुष्टि गरेको हो । राइसले ५ वर्षका लागि आर्सनलसँग सम्झौता गरेका छन् । जसमा समय थप गर्न सकिने विकल्प समेत समावेश छ । ‘मैले पछिल्लो केही वर्षदेखि आर्सनललाई देखिरहेको छु । जुन बाटोमा आर्सनल चलिरहेको छ ।’ राइसले भनेका छन् ।

‘पछिल्लो वर्ष मात्र हैन, त्यो भन्दा अघि पनि । उनीहरुले पाँचौं स्थानमा लिग सकाएका थिए । तपाई देख्न सक्नुहुन्छ, मिकेलले कुन तरिकाले खेल्ने शैलीलाई लागु गरेका थिए ।’ उनले थपे ।

‘गत सिजन एक उत्कृष्ट सिजन रह्यो । जसले म्यानचेस्टर सिटीलाई छाडेर बाँकी टिमलाई समस्यामा पारेको थियो ।’ उनले थपे ।

वेस्ट ह्यामलाई गत सिजन युरोपा कन्फिरेन्स लिग उपाधि जिताएपछि वेस्ट ह्यामका कप्तान आर्सनल लागेका हुन् ।
उनी यस समर ट्रान्सफरमा आर्सनलमा आउने तेस्रो मुख्य खेलाडी हुन् । गत सिजन आर्सनलले दोस्रो स्थानमा रहदै लिग सकाएको थियो ।

आर्सनलले चेल्सीका जर्मन खेलाडी काइ हभार्टजलाई ६५ मिलियन पाउण्ड र डच डिफेन्डर जुरिन टेम्बरलाई अजाक्सबाट ३८ मिलियन पाउण्डमा अनुबन्धन गरेको छ । ‘उनी जबरजस्त क्षमता भएका खेलाडी हुन् । उनी केही सिजनयता प्रिमियर लिग र इङ्ल्याण्डका लागि उच्च स्तरमा प्रर्दशन गरिरहेका छन् ।’ अर्टेटाले भने ।

‘डक्लानले निसन्देह रुपमा क्लबमा भरपुर क्षमता लिएर आएका छन् । र उनीसँग एक असाधारण प्रतिभा छ । जो यहाँ धेरै सफल हुने क्षमता राख्छ ।’ अर्टेटाले थपे ।

आर्सनल तेस्रो प्रयासमा राइस अनुबन्धनमा सफल भएको हो । वेस्ट ह्यामले यसअघि दुई पटक आर्सनलको प्रस्ताव अस्विकार गरेको थियो ।

म्यानचेस्टर सिटीले समेत राइस अनुबन्धनका लागि ९० मिलियन पाउण्डको प्रस्ताव गरेको थियो । तर प्रस्ताव अस्विकार भएपछि सिटी राइस अनुबन्धनबाट पछि हटेको हो । एजेन्सी

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर