जनकपुर–जयनगर रेल्वे सेवाको क्षेत्र विस्तार

काठमाडौं । जनकपुर–जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आइतबारदेखि उक्त रेल आफ्नो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म चल्ने भएको छ ।

जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा सञ्चालन हुन लागेको उक्त रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले गर्दैछन्।

यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेल सेवा सञ्चालन हुँदै आएको थियो भने आजबाट थप १७ किलोमिटर थप भएपछि अब ५२ किलोमिटर यात्रा विस्तार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर