पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गछौं : उपप्रधानमन्त्री खड्का

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले पाँच वर्षभित्र जनतासँग गरेका बाचा पूरा गर्ने बताएका छन् ।

उपप्रधानमन्त्री खड्काले देशको अर्थतन्त्र अप्ठ्यारो अवस्थामा रहेको भए पनि निर्वाचनका बेला जनतासँग गरिएका बाचा पूरा गरेरै छोड्ने बताए ।

गृह जिल्ला सुर्खेत पुगेका उपप्रधानमन्त्री खड्काले शनिबार सुर्खेतको पूर्वी क्षेत्र गुर्भाकोट–७ स्थित गोकुलपुरमा इलाका प्रशासन कार्यालयको उद्घाटन गर्दै  देशको प्रतिकूल आर्थिक अवस्थामा पनि विकास–निर्माणका कामहरु अघि बढिरहेको बताए ।

उपप्रधानमन्त्री खड्काले जनताको अपेक्षा अनुसार वर्तमान सरकारले कामहरु गरिरहेको भन्दै उनले भने, ‘देशको प्रतिकुल आर्थिक अवस्थामा पनि समग्र कर्णाली, सुर्खेत र म निर्वाचित भएको क्षेत्रमा महत्वपूर्ण विकास योजनाहरु अघि बढेका छन्, । जनतासँग गरेका बाचा पाँच वर्षभित्र पूरा गर्न प्रतिबद्ध छु ।’

उपप्रधानमन्त्री खड्काले कर्णाली करिडोर र भेरी करिडोरलगायतका कर्णालीको समृद्धिसँग जोडिएका ठूला सडक योजनाहरु निर्माणलाई सरकारले पहिलो प्राथमिकतामा राखेको जानकारी समेत दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर