विभागीय टिम पुलिसले महिला र पुरुष दुवै स्पर्धामा फाइनल खेल्दै

काठमाडौं । सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा शनिबार फाइनल खेल हुँदैछ ।

काठमाडौंको त्रिपुरेश्वरस्थित कभर्डहलमा विभागीय टिम पुलिसले महिला र पुरुष दुवै स्पर्धामा फाइनल खेल्दैछ ।

महिला स्पर्धाको फाइनलमा पुलिसले एपीएफसँग प्रतिस्पर्धा गर्नेछ । पुरुष स्पर्धामा पुलिसले अर्को पब्लिक क्लब हेल्प नेपालसँग खेल्नेछ ।

महिलातर्फको फाइनल खेल मध्यान्न १२ बजे र पुरुषतर्फको फाइनल खेल दिउँसो ३ बजे हुनेछ ।

प्रतियोगितालाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले मुख्य सहयोग गरेको हो ।

प्रतियोगितामा महिला तथा पुरुषतर्फ प्रथम, द्वितीय, तृतीय र चतुर्थ स्थान प्राप्त गर्ने टिमहरुले क्रमशः ६ लाख, ३ लाख, १ लाख ५० हजार र ७५ हजार प्राप्त गर्ने छन् ।

त्यस्तै उक्त प्रतियोगितामा पुरुष तथा महिलातर्फ सर्वोत्कृष्ट खेलाडीले ३५-३५ हजार, उत्कृष्ट सर्भर, सेटर, ब्लकर, स्पाईकर, लिबेरो र प्रशिक्षकले जनही १५-१५ हजार प्राप्त गर्ने नेपाल भलिबल संघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर