वागनरले अबदेखि आफ्ना सैनिकलाई बेलारुसमा तालिम दिने

काठमाडौं । रुसको नीजि सैनिक समुह वागनरले अबदेखि आफ्ना सैनिकलाई बेलारुसमा तालिम दिने भएको छ ।

रुसमा सेना र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध संक्षिप्त तर सशष्त्र विद्रोह गरेको वागनर यतिवेला बेलारुसमा आधार बनाउँदैछ । गत जुन २३ र २४ तारिखमा रुसमा विद्रोह गरेको वागनर समुहसँग बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले वार्ता गरेपछि विद्रोह अन्त्य भएको थियो ।

सोही सहमति अनुसार वागनर समुहका लडाकुहरु बेलारुस जान लागेका हुन् । कतिपय सेना अहिले बेलारुसको असिपोभीची शहरमा पुगिसकेको बताईएको छ । बेलारुसको रक्षा मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै वाग्नर लडाकुको दिर्घकालिन व्यवस्थापनको खाकामा सहमति जुटेको दावी गरेको छ । एजेन्सी

रुसी राष्ट्रपति पुटिनले पनि वागनर समुहका लडाकुलाई रुसी सेनामा गाभिन प्रस्ताव गरेपनि उनीहरु सहमत नभएको बताउनुभएको छ । रुसको तर्फबाट युक्रेनमा युद्ध लडेको वागनर समुह पछिल्लो समय रुसी सेना र रक्षा मन्त्रालयसँग रुष्ट भएपछि विद्रोहमा उत्रिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर