नेकपा एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शनिबार बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बस्न लागेको बैठकमा पार्टीको आन्तरिक स‌ंगठन निर्माणका बारेमा समीक्षाका साथै समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ। बिहान ११ बजे बस्ने ब‌ैठको अध्यक्षता पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। बैठकले सांगठनिक संरचना, केन्द्रीय नेताहरुको कार्यविभाजन तथा अन्य विषयमा समेत छलफल गर्नेछ।

गत बुधबार अध्यक्ष ओलीले पार्टीका उपाध्यक्षसँग सामूहिक छलफल गरेका थिए। उपाध्यक्षहरूसँग पार्टीको गतिविधि र काम कारबाहीका बारेमा छलफल गरेपछि सचिवालय बैठक बोलाइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर