आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला

काठमाडौं । नेपाल राष्ट्र बैंक आज शनिबार पनि बैंक तथा वित्तीय संस्था खुला राख्न निर्देशन दिएको छ । चालु आर्थिक वर्षको अन्तिम शनिबार भएकाले राजश्व संकलनलाई सहज बनाउन आज पनि बैंक तथा वित्तीय संस्थाहरु खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।

अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयले असार २३ र ३० गते शनिवारका दिन पनि सेवा बन्द नगर्न राष्ट्र बैंकलाई अनुरोध गरेका थिए । उक्त अनुरोधपछि राष्ट्र बैंकले परिपत्र जारी गरेर बिदाका दिन पनि बैंक तथा वित्तीय संस्था खुल्ला गरेर कारोबार गर्न निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको उक्त निर्देशनपछि अघिल्लो शनिबार खुला राखेर सेवा दिएका बैंकहरुले आज शनिबार पनि कार्यालय खुला राख्ने भएका छन् । आर्थिक वर्षको अन्तिममा राजस्व भुक्तानी, चेक क्लियरिङ तथा विद्युतीय रकम ट्रान्सफरका लागि बढी चाप पर्ने भएकाले शनिबार पनि सेवा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर