अमेरिकाको चासोः एमसीसी कहिले कार्यान्वयन हुन्छ?

काठमाडौं । अमेरिकाले संसदबाट अनुमोदन भएको एमसीसी परियोजना कार्यान्वयनका सम्बन्धमा प्रगतिका सम्बन्धमा चासो व्यक्त गरेका छन् । अमेरिकाको दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले शुक्रबार नेपालका प्रधानमन्त्रीदेखि प्रमुख प्रतिपक्षी दलका अध्यक्ष केपी शर्मालाई भेट गरी एमसीसी कार्यान्वयनमा भइरहेको प्रगतिबारे चासो राखेका हुन्।

सरकारले एमसीसी परियोजना आगामी अगस्टदेखि कार्यान्वयनमा लैजाने तयारी गरेको बताइन्छ । पत्नी शोकमा रहेका प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेर भेट गरे पनि राजनीतिक कुराकानी नभएको बुझिएको छ । तर देउवासँग भने लुले एमसीसी कार्यान्वयन प्रक्रिया कहाँ पुगेको छ भनेर चासो राखेका थिए।

‘उहाँले एमसीसी कार्यान्वयन के भएको छ भनेर चासो राख्नु भयो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘प्रक्रिया छिट्टै अघि बढ्छ।’ परराष्ट्रमन्त्री साउदसँग पनि लुले त्यही जिज्ञासा राखे। मन्त्री साउदले छिटो अघि बढ्ने जवाफ दिएका थिए।
‘एमसीसीका परियोजनाहरु आगामी अगस्टबाट कार्यान्वयनको चरणमा जानेछन्। नेपाल यसका लागि तयारी अवस्थामा छ भनेर हामीले राख्यौँ,’ साउदले भने। एमाले अध्यक्ष ओलीसँग लुले एमसीसी छिट्टै अघि बढाउन वरिष्ठ अमेरिकी अधिकारी नेपाल आउन लागेको जानकारी दिए। एमसीसी सम्झौताअनुसार अमेरिकाले नेपाललाई ५० करोड अमेरिकी डलर अनुदान दिनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर