अमेरिकी रक्षा मन्त्रालयको गोप्य दस्तावेज चुहियो !

लन्डन । रूस–युक्रेन युद्धसँग सम्बन्धित अमेरिकी दस्तावेज इनटरनेटमा सार्वजनिक भएको छ । उक्त दस्तावेजमा अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) को गोप्य सूचना र रणनीतिहरू समाविष्ट रहेको छ ।

चुहावट भएको दस्तावेजमा युद्ध मानचित्र, बडापत्र र तस्बिरहरू संलग्न गरिएको छ । उक्त दस्तावेजमा यति गोप्य जानकारी उपलब्ध छ कि त्यमाथि रातो मसीले अंकित गरिएको छ । सम्पूर्ण दस्तावेज युक्रेन–रूस युद्धसँग सम्बन्धित छ । दस्तावेजमा युद्धको क्रममा रूसी र युक्रेनी सेना के–कत्ति संख्यामा मारिए भन्ने सम्बन्धमा उल्लेख गरिएको छ । यस्तै दस्तावेजमा रूस र युक्रेनी सेनाका कमीकमजोरीका सम्बन्धमा पनि उल्लेख गरिएको छ ।

उक्त दस्तावेज सोसल मेसेजिङ साइटमा “डिस्कार्ड” भनेर पोष्ट गरिएको हो । दस्तावेजमा युरोपमा गर्मीको मौसम आयन लागेको उक्त मौसममा गरिने सम्भावित युद्ध रणनीतका सम्बन्धमा पनि खुलासा गरिएको छ । (एजेन्सी)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर