यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ जना यात्रु घाइते

काठमाडौं । नारायणगढ -मुग्लिङ सडकको दासढुङ्गा नजिकै यात्रुवाहक बस त्रिशूलीमा खस्दा १९ यात्रु घाइते भएका छन् । काँकडभिट्टाबाट काठमाडौँतर्फ गई रहेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब .१० मिटर तल खसी रुखमा अड्कन पुगेको थियो ।

शुक्रबार बिहान करिब ५ः२० बजे समयमा भएको उक्त घटनामा परी घाइते हुने अधिकांशको उद्धार गरी अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । बसमा सवार चालक सहित ३२ जना मध्ये १९ जना घाइते भई उपचारको लागि भरतपुरका विभिन्न अस्पतालहरूमा ल्याएको छ ।

मेडिकल कलेजमा उपचारका लागि भर्ना भएका घाइतेको विवरण:

१. भारत सिलगुडी बस्ने वर्ष ६० की कमला सुब्बा, सामान्य ।

२. भारत सिलगुडी बस्ने वर्ष ४४ की लक्की सुब्बा,मध्यम ,।

३. जि.मोरङ हरैचा न.पा.३ बस्ने वर्ष २३ को सुसान्त सुब्बा,सामान्य ।

४. ऐ. हरैचा ८ बस्ने वर्ष ३४ की सुनिता लामिछाने, सामान्य ।

५. जि.सुनसरी बस्ने वर्ष ४० की सङ्गीता मगर,सामान्य ।

६. जि.झापा मेची न.पा.११ बस्ने वर्ष ३२ की सुमिमा राई, मध्यम ।

७. जि.भक्तपुर भक्तपुर म.न.पा.१ बस्ने वर्ष ३० को मिलन तामाङ,सामान्य ।

८. जि.ललितपुर गोदावरी न.पा.७ बस्ने वर्ष २७ को सुमन  लामा,सामान्य ।

९. जि.भोजपुर अरुण गा.पा.१ बस्ने वर्ष २९ को नन्द बहादुर पाण्डे, सामान्य ।

१०. ऐ. बस्ने वर्ष १९ को लीला बहादुर पाण्डे, सामान्य ।

भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको घाइतेहरुः 

१. सहचालक जि.सर्लाही लामबन्दी न.पा.१० बस्ने वर्ष ३६ को  विक्रम मगर, सामान्य ।

२. कन्टेक्टर जि.धादिङ निकण्ठ ७ बस्ने वर्ष ३६ को दिल बहादुर श्रेष्ठ, सामान्य ।

३. बसमा सवार जि.सुनसरी रक्तमाला न.पा.५ बस्ने वर्ष २९ की मनिका राई, सामान्य ।

४. बसमा सवार जि.मोरङ हरैचा न.पा.५ बस्ने वर्ष २५ की कल्पना राई, सामान्य ।

५. ऐ. बस्ने वर्ष २५ की सपना राई, सामान्य ।

६. जि.धनकुटा सहिदभुमी गा.पा.४ बस्ने वर्ष ३८ की विश्वलक्ष्मी राई, सामान्य ।

७. निजकै छोरी वर्ष ४ की दिव्या राई, मध्यम ।

८. बस चालक जि.मकवानपुर हेटौँडा उ.म.न.पा.२ बस्ने वर्ष ३७ को बादल

९. धादिङ रुबीभ्याली गा.पा.४ बस्ने वर्ष ३२ को दीपक तामाङ, सामान्य घाइते


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर