रास्वपा अनुशासन समितिको बैठक बस्दै, कारवाहीको आधार तय गरिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको घुस अडियो प्रकरणको छानबिन गर्न मंगलबार अनुशासन आयोगको बैठक बस्दैछ ।

सांसद श्रेष्ठले विवादास्पद व्यवसायी दुर्गा प्रसाईंसँग आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि दुई करोड रुपैयाँ आवश्यकता परेकाले उक्त रकम उपलब्ध गराइदिन अनुरोध गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई निलम्बन गरी कारवाही अगाडि बढाएको थियो । तर सांसद श्रेष्ठले भने उक्त अडियो आफ्नो नभई टुक्रा टुक्रा गरी सम्पादन गरेर आफूलाई फँसाउने नियतले षड्यन्त्र गरेको भनी इन्कारी बयान दिँदै आएका छन् ।

रास्वपाले उनलाई सोधिएको स्पष्टीकरणमा पनि श्रेष्ठले घुस प्रकरणमा आफ्नो संलग्नता नभएको बताउँदै आएका छन् । यता पार्टी अनुशासन समितिले सांसद श्रेष्ठले बुझाएको स्पष्टीकरण पत्रको आधारमा अनुशासन समितिको बैठक बसेर सत्यतथ्यको छानबिन गर्न लागेको हो । छानबिनको आधारमा पार्टीले थप कारवाही अगाडि बढाउने भएको बताइन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर