कालीगण्डकीको शिलाबाट नबन्ने भो श्रीरामचन्द्रको मूर्ति

काठमाडौं । नेपालको कालीगण्डकी क्षेत्रबाट निकालिएको शिलाबाट भारतको अयोध्यामा बनाइँदै गरेको मन्दिरमा रामको मूर्ति नबन्ने भएको छ । श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चम्पट रायले हिन्दुस्तान टाइम्स पत्रिकालाई दिएको एक अन्तर्वार्तामा नेपालबाट ल्याइएको शिलाबाट मूर्ति बनाउन मापदण्ड नपुगेको बताए ।

राम मन्दिरमा राखिने भगवान् रामको मूर्ति बनाउन उक्त शिला गत माघ १८ गते नेपालबाट अयोध्या पुर्‍याइएको थियो। मूर्तिकारहरूले ढुंगा काटेर त्यसको प्राविधिक विश्लेषण गर्दा सबै मापदण्ड पूरा नसकेको पनि रायले बताए । रायले भने, “ती शिलाबाट रामलल्लाको मूर्ति बनाउन उपयुक्त नभएको पाइयो ।” उक्त शिला अध्योध्य पुर्‍याइनु अघि नै त्यसबाट रामको मूर्ति बनाउने कि नबनाउने भन्नेमा छलफल जारी थियो । ट्रष्टले नेपालबाटै ल्याइने शिलाबाट राचन्द्रको मूर्ति बनाउने हो भन्ने निर्णय गरेको थिएन ।

गत वर्ष माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलो पहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएको शिलासहितको टोली माघ १६ गते जनकपुरधामबाट अयोध्याका प्रस्थान गरेकामा दुई दिनपछि अयोध्या पुगेको थियो। ठूलो सङ्ख्यामा उपस्थित स्थानीयले श्रद्धापूर्वक शिलालाई भारत भित्र्याएका थिए। शिलालाई सो दिन अयोध्याको राम सेवकपुरममा राखिएको थियो। र माघ १९ गते बिहान विशेष समारोहबीच श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रष्टलाई हस्तान्तरण गरेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर