दुर्गा प्रसाईंको खुलासा : “अरू सात जनाको अडियो सार्वजनिक गर्न बाँकी”

वीरगन्ज । विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईंले पुराना राजनीतिक दलका १० नेता र ५५ बिग हाउसका व्यापारीको भ्रष्टीकरणका कारण मुलुक आर्थिक रूपमा टाट पल्टिएको बताएका छन् । वीरगन्जमा सोमबार आयोजित कार्यक्रममा उनले त्यसको प्रत्यक्ष असर सर्वसाधारण नेपालीमा परेको बताए।

नयाँ राजनीतिक दलका रूपमा उदाएका व्यक्ति नै भ्रष्टाचारमा संलग्न भएको भन्दै उनले रवि लामिछानेको रास्वपा डेड महिना पनि नपुगी भ्रष्टाचारमा लिप्त भएको बताए । ‘डा. ढाकाप्रसाद श्रेष्ठ जस्तै अरु सात जनाको अडियो सार्वजनिक गर्न बाँकी छ । आठवटा ठूला चन्दाका डिमान्डमध्ये एउटा मात्र सार्वजनिक गरिएको हो ।’

उनले भने, ‘बाँकी सात वटाले कति जनाको जग हल्लिन्छ त्यो पछि हेर्नु होला ।’ बाँकी सात मध्ये रविकै पार्टीका तीन जना रहेको पनि प्रसाईंले खुलासा गरिदिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर