नेपाल एपीएफ क्लब विजयी

काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा महिला तर्फको खेलमा विभागिय टोली नेपाल एपीएफ क्लब विजयी भएको छ।

समूह चरणको अन्तिम खेलमा एपीएफले न्यु डायमन्ड स्पोर्टस एकेडेमीलाई पराजित गरेको हो ।

एपीएफले ३-० को सोझो सेटमा जित हात पारेको हो । एपीएफ २५-१९, २५-१८ र २५- १२ को सेटमा विजयी भएको छ ।

पाचौ खेलमा एपीएफको यो चौथो जित हो । डायमन्ड भने प्रतियोगितामा पहिलो पटक पराजित भएको हो ।

अब न्यु डायमन्डले शुक्रबार नेपाल पुलिस क्लबसँग खेल्नेछ । उक्त खेलमा पुलिसलाई ३-० को सोझो सेटमा हराएमा न्यू डायमन्डको फाइनल सम्भावना रहन्छ । अन्यथा एपिएफ फाइनलमा पुग्ने देखिन्छ ।

बुधबार एपीएफलाई पराजित गरि नेपाल पुलिस क्लबले एक खेल अगावै फाइनलमा स्थान बनाई सकेको छ ।

बिहीबार नै पुरुष तर्फका तीन खेल हुदैछन् ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

फाइनल खेल असार ३० गते शनिबार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर