मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक पुनः अवरुद्ध

काठमाडौं । मेची राजमार्गको फिदिम–ताप्लेजुङ सडक पुनः अवरुद्ध भएको छ । पाँचथरको फिदिम नगरपालिका ४ र हिलिहाङ गाउँपालिका ७ लाई जोड्ने हेवा खोलामा बाढी आएसँगै बिहीवार बिहानैदेखि यो राजमार्ग अवरुद्ध भएको हो । असार ३ गते आएको बाढीले हेवा खोला पुल बगाएपछि यो राजमार्ग प्रायः ठप्प छ । पछिल्लो पटक असार २५ गते पेन स्टक पाइप राखेर डाइभर्सन गर्दै सडक खुलाइएको थियो ।

यसैबीच बुधबार साँझदेखि परेको झरीसँगै आएको बाढीले डाइभर्सनको सतह पारे गरेपछि बिहीबार बिहानैदेखि यो सडकमा आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी हरि खतिवडाले बताए । हेवा खोलाको उद्गम बिन्दु फालेलुङसँगै विभिन्न स्थानमा राति वर्षा भएपछि खोलामा पानीको मात्रा बढेको हो । यातायात अवरुद्ध भएसँगै फिदिम ४ र हिलिहाङ ७ तर्फ पुनः सवारीको लाम लाग्न थालेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर