ब्याजदर निर्धारण गर्ने निर्णय खुला छाडिने

काठमाडौं ।   नेपाल बैंकर्स संघले निक्षेपको अधिकतम दर निर्धारणलाई खुला छाड्ने निर्णय गरेको छ। संघको बिहीबार बसेको बैठकले उक्त निर्णय गरेको हो। यसअघि बैंकहरूमा निक्षेपको ब्याजदर संघले निर्धारण गर्दथ्यो। संघले ब्याजको अधिकतम सीमा निर्धारण गर्ने गर्थ्यो।

बैंक तथा वित्तीय संस्थामा तरलता अधिक रहेको अवस्थामा संघले भद्र सहमतिमा ब्याजदर निर्धारणको अधिकार बैंक स्वयंलाई दिएको हो। निक्षेपको ब्याजदर निर्धारण बैंक आफैले गर्ने सहमति भएको संघले जनाएको छ । हरेक नयाँ महिना  सुरु हुन अगावै बैंकहरूले ब्याजदर निर्धारण गरिसक्नुपर्ने राष्ट्र बैंकको नियम रहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर