सडक छेउमा थापिएको एम्बुसमा परि ६ जना सुरक्षा अधिकारी मारिए

काठमाडौं । मेक्सिकोको जालिस्को प्रान्तमा सडक छेउमा थापिएको एम्बुसमा परि ६ जना सुरक्षा अधिकारी मारिएका छन् ।

श्रृंखलाबद्ध बक विष्फोटमा १२ जना घाइते भएका छन् । बुधबार एक पत्रकार सम्मेलनमा बोल्दै जालिस्कोका प्रान्तका गभर्नर एनरिक अल्फारोले रातभरको विस्फोटलाई ‘आतंकको क्रूर कार्य’ भने ।  उनले यस आक्रमणको दोष एक अज्ञात लागूऔषध तस्कर समूहलाई लगाए ।

एक जना अज्ञात व्यक्तीले टेलीफोन सम्पर्क गरि बेपत्ता व्यक्तिहरूको शव पत्ता लगाउन मद्दत गर्ने स्वयंसेवक खोज समूहलाई एउटा सामुहिक हिचहान रहेको जानकारी गराएका थिए । सुरक्षाकर्मीको समुह उक्त चिहानतर्फ अघि बढ्दा एम्बुसमा परेको हो ।

तस्कर समुहले कम्तिमा ८ वटा बम राखेका थिए । आक्रमणमा मारिनेहरूमा प्रहरी अधिकारी र सरकारी वलिक रहेका छन् । जालिस्को प्रान्तको तस्कर समुहले यसअघि पनि इ।आइ।डी र ड्रोनबाट बम हमला गर्ने गरेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर