ब्राजिली फरवार्ड भिटोर बार्सिलोनामा

काठमाडौं । बार्सिलोनाले ब्राजिली फरवार्ड भिटोर रोकलाई अनुबन्ध गरेको छ । स्पेनिस क्लबले एथलेटिको पारानेन्सबाट १८ वर्षका रोकलाई अनुबन्ध गरेको हो ।

सम्झौता सन् २०२४ बाट सुरु हुने बताईएको छ । र सम्झौताको अवधि ७ वर्षको हुनेछ । जसमा ५ सय मिलियन रिलिजको शर्त राखिएको छ ।

पारानेन्सका लागि उनले ६६ खेलमा २२ गोल गरेका छन् । ब्राजिली युवा खेलाडीले मार्चमा अन्तराष्ट्रिय डेब्यु गरेका थिए ।
‘बार्सिलोनासँग सम्झौता हुँदा निकै खुसी छु । मेरो सपना पुरा भएको छ ।’ उनले भनेका छन् ।

रिपोर्टका अनुसार स्पेनिस च्याम्पियनले ३० मिलियन युरो युवा स्टारलाई तिरेको छ । यसै वर्ष भएको दक्षिण अमेरिकी यू–२० च्याम्पियनसिपमा उनी सर्वाधिक गोलकर्ता बनेका थिए । उनकै ६ गोलको सहयोगमा ब्राजिलले १२ औं पटक उपाधि जितेको थियो ।

उनकै सहयोगमा गत सिजन परानेन्स कोपा लिबर्टाडोरेसको फाइनलसम्म पुगेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर