सन्दीप लामिछानेले चर्चित स्पिनर आदिल राशिदलाई बलिङ वरीयतामा पछि पारे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान सन्दीप लामिछानेले इंग्ल्यान्डका चर्चित स्पिनर आदिल राशिदलाई बलिङ वरीयतामा पछि पारेका छन् ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका बलर लामिछानेको एकदिवसीय अन्तराष्ट्रियको बलिङ वरीयता २४ औं स्थानमा यथावत रहेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको एकदिवसीय अन्तराष्ट्रियको नयाँ वरीयतामा सन्दीप २४ औं स्थानमा रहेका छन् ।

सन्दीप २४ औं स्थानमा रहँदा इंग्ल्यान्डका चर्चित स्पिनर राशिद भने ३० औं स्थानमा रहेका छन् ।

सन्दीपले वानिन्दु हशरंगा, ,युजभेन्द्र चहल, मोहम्मद सामी लगायतका चर्चित बलरहरुलाई पछि पारेका छन् ।

बलिङ तर्फ नै सोमपाल कामी ७९ औं स्थानमा यथावत रहेका छन् । अर्का बलर दीपेन्द्र सिंह ऐरी एक स्थान तल भरेर ६३ औं स्थानमा रहेका छन् ।

तिव्र गतिका बलर करण केसीको बलिङ वरीयतामा ८७ औं स्थानमा यथावत रहेका छन् । एक स्थान वरीयतामा सुधार गरेका ललित राजवंशी ९८ औं स्थानमा रहेका छन् ।

ब्याटिङ तर्फ भने कप्तान रोहित कुमार पौडेल ७३ औं स्थानमा यथावत रहेका छन् ।

ब्याटिङ तर्फ नै ओपनर आसिफ शेख ८० औं स्थानमा कायमै रहेका छन् । ब्याटिङतर्फ पाकिस्तानका कप्तान बाबर अजाम शीर्ष स्थानमा रहेका छन् ।

बलिङतर्फ भने अष्ट्रेलियाका तीव्र गतिका बलर जोस हेजलउड शीर्ष स्थानमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर