राष्ट्रियसभाको बैठक बस्दै, विनियोजन विधेयक २०८० लाई पारित गरिने

काठमाडौँ । राष्ट्रियसभाको आज १०ः०० बजे बैठक बस्दै छ । बुधबार स्थगित भएको बैठक आज बस्न लागेको हो । सङ्घीय संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीअनुसार आजको बैठकमा विनियोजन विधेयक २०८० पारित गरिँदै छ ।

जसअनुसार आजको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौतीसम्बन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका छ । त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर