बाध्यताले जुराएको त्यो क्षण.. जुन कल्पना नै थिएन…।

काठमाडौं । भनिन्छ, घटना कसैको अनुकूल वा प्रतिकूल हुँदैन । घटना त समयको प्रवाह हो । समय अर्थात् कालको गणनाअनुसार घटनाले आफ्नो आकार ग्रहण गर्छ । त्यही आकारको परिणाम मनुष्यले भोग्छ । त्यो लोकोक्ति जस्तै मिल्दोजुल्दो एक घटना भएको छ । तर यो घटना कुनै विष्मयकारी नभई राजनीतिमा एक अर्कालाई मन नपराउने तर मन नपराएर के गर्ने ? असाधारण अवस्थामा सँगै बस्नुपर्दो रहेछ । अप्ठेरो परिस्थितिमा । यस्तै परिस्थिति आइप-यो बुधबारका दिन नेपाली राजनीतिका शीर्षस्थ नेता द्वय केपी शर्मा ओली र माधवकुमार नेपालबीच । दुःखद क्षण, कमरेड सीता दाहालको अन्त्येष्टिमा भाग लिन गएका ओली र नेपाल पशुपति आर्यघाटमा एकैठाउँमा सँगै बस्नुपर्ने परिस्थिति आइप-यो । नाई भन्ने अवस्थै थिएन । जर्वजस्ती दुबै सँगै बसेका थिए, बस्नै प-यो उपाय नै थिएन । नश्वर शरीरको विदाइका क्षण घाटमा उपस्थित भएका नेता द्वयले सँगै बस्दा सजिलो अनुभव गरे कि असजिलो त्यो त उनीहरू नै जानून् । तर कम्तीमा सार्वजनिक रूपमा सँगै बस्दाको क्षणका सम्बन्धमा भने पत्रकारहरूले ती दुई नेतालाई प्रश्न नगरेसम्म अथवा नेता द्वयले अभिव्यक्त नगरेसम्म आर्यघाटमा सहानुभूति र शोकग्रस्त सर्वसाधारणले भने ती दुई नेता सँगै बस्दाको क्षण संकोचपूर्ण भएको आँकलन गरिरहेका थिए । शायद, सर्वसाधारणको मूल्यांकन पनि गलत हुन सक्छ । के बेर आज आगो र पानी भएका नेताहरू भोलि भनिन्छ नि, “राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र हुँदैन् ।” त्यो दृश्यमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कुनै चर्चा छैन । चर्चा हुने कुरा पनि भएन किनभने भनिन्छ, देउवाको नेपाल र ओली दुबैसँगै समदूरीको सम्बन्ध छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर