टिप टप हेल्प नेपाल विजयी

काठमाडौं । राजधानीमा जारी सातौं संस्करणको एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुष तर्फको बुधबारको दोस्रो खेलमा टिप टप हेल्प नेपाल विजयी भएको छ।

आफ्नो अपराजित यात्रा कायम राख्ने क्रममा हेल्प नेपालले विभागीय टोली नेपाल पुलिसलाई पराजित गरेको हो ।

हेल्प नेपालले ३-२ को सेटमा जित हात पारेको हो । खेलको पहिलो सेट २०-२५ ले हेल्प नेपालले जितेकोमा दोस्रो सेट २०-२५ ले गुमाएको थियो । तेस्रो सेट पुलिसले २८-३० ले गुमाएको थियो ।

चौथो सेट पुलिसले २५-१८ ले जितेको थियो । पाचौ तथा निर्णायक सेट हेल्प नेपालले २४-२२ जित्दै महत्वपुर्ण २ अंक पाउन सफल भयो । पराजित भए पनि पुलिसले १ अंक प्राप्त गर्यो ।

हेल्प नेपालको यो लगातार चौथो जित हो । पुलिसको भने पहिलो पटक पराजित भएको हो ।

पुरुषतर्फको आजको अन्तिम खेलमा नेपाल एपिएफ तथा त्रिभुवन आर्मी खेल्दै छन् ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।

फाइनल खेल असार ३० गते शनिबार छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर