किशोरीलाई बन्धक बनाएको आरोपमा एक युवक पक्राउ

काठमाडौं । ललितपुरमा किशोरीलाई बन्धक बनाएको आरोपमा  एक जना युवक पक्राउ परेका छन्। शरीर बन्धक बनाउन नहुने कसुरमा महांकाल गाउँपालिका ३ बस्ने २० वर्षीय सुमन न्यासुरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

परिवारले असार २२ गते बेलुकीदेखि १६ वर्षीय किशोरी हराएको भनी २४ गते इलाका प्रहरी कार्यालय टुंगुनमा निवेदन दिएका थिए। परिवारले ती किशोरीलाई सुमनले सोही गाउँपालिका ६ स्थित बुद्ध थोकरको घरमा थुनेर राखेको उजुरी दिएपछि खटिएको प्रहरीले सुमनलाई पक्राउ गरेको हो। उनीविरुद्ध शरीर बन्धक लिन नहुने मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको छ। पीडित किशोरीलाई आफन्तको जिम्मा लगाइएको प्रहरीले बताएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर