भारतीय प्रधानमन्त्री मोदीद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै मोदीले दाहालको निधन भएको खबरले मर्माहत भएको बताएका छन्।

नेपाली भाषामा ट्विट गर्दै मोदीले लेखेका छन्, ‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु। प्रधानमन्त्री प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु। ॐ शान्ति।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर