टोटेनहम फरवार्ड ह्यारी केन बायर्न म्युनिख जान इच्छुक

काठमाडौं । टोटेनहम फरवार्ड ह्यारी केन बायर्न म्युनिख जान इच्छुक देखिएका छन् । उनी यस समर ट्रान्सफरमा बुन्डेसलिगा च्याम्पियन क्लब बायर्न जान इच्छुक देखिएका हुन् ।

बायर्नले तेस्रो पटक केनका लागि प्रस्ताव पेश गर्ने तयारी गरेको छ ।

टोटेनहमले २९ वर्षिय केनलाई सम्झौता नविकरणका लागि प्रस्ताव गरेको छ । तर केन सम्झौता नविकरणका लागि इच्छुक छैनन् ।

बायर्नले केनका लागि यसअघिनै दुई प्रस्ताव पेश गरिसकेको छ । बायर्नले दोस्रो पटक ९४ मिलियन युरोको प्रस्ताव गरेका थियो । प्रस्तावलाई अन्तिम रुप दिन बायर्नले राम्रो रकम प्रस्ताव पेश गर्न सक्ने अनुमान गरिएको छ ।

सम्झौता नविकरण नगरेको खण्डमा केन अर्को सिजन निशुल्क बजारमा उपलब्ध हुनेछन् । सोही कारण उनी यसै सिजन बायर्न जान चाहन्छन् ।

स्रोतका अनुसार बायर्न प्रशिक्षक थोमस टुचेलले केनलाई केही हप्ताअघि लण्डनमा भेटेका थिए । केन जर्मन च्याम्पियनको नयाँ परियोजनाकालागि उत्साहीत छन् ।

इङ्लिस मिडियाका अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी)ले समेत पछिल्लो अवस्थालाई हेरिरहेको छ । पीएसजी समेत केन अनुबन्धन गर्न इच्छुक छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर