भारी वर्षापछी आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु

काठमाडौं । जापानमा भारी वर्षापछी आएको बाढी र पहिरोमा परी ६ जनाको मृत्यु भएको छ भने पाँच जना वेपत्ता भएका छन्।

जापानको दक्षिणपश्चिम क्युसु क्षेत्रका हजारौं जनता प्रभावित भएका छन् । जापनी अधिकारीहरुका अनुसार बाढी पहिरोमा परि हराइरहेका पाँच जनाको खोजी कार्य जारी छ ।

घाइते १९ जनालाई अस्पताल भर्ना गरिएको छ । क्युसु क्षेत्रमा जुलाईको सुरुदेखि नै भारी वर्षा भइरहेकाले सर्वसाधारणलाई सचेत रहन अपील जारी गरिएको थियो । अस्थायी टहरा र घरहरु डुबानमा पर्दा हजारौं नागरिक प्रभावित भएका हुन् ।

जापानको तेस्रो ठूलो टापु क्युसुमा रहेको फुकुओका र ओइटा प्रान्तमा भारी वर्षाको चेतावनी जारी गरिएको छ । गत शुक्रबारदेखि फुकुओकाका केही भागमा ६ सय मिलिमिटरसम्म वर्षा भएको जनाइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर