राष्ट्रपतिद्वारा सीता दाहालको निधनप्रति दुःख व्यक्त, सम्मानमा कार्यक्रमहरू स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नी शोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना दिएका छन् ।

सीता दाहालको निधनको खबरले आफूलाई अत्यन्त दुःख लागेको बताउँदै उनले टेलिफोन गरेर समवेदना प्रकट गरेका हुन् । दाहालको आज बिहान ८ : ३३ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनको पार्थिव शरीर अहिले श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ ।

राष्ट्रियसभाको बैठक स्थगित

राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

समाजवादी मोर्चाको बैठक स्थगित

आज बस्ने भनिएको समाजवादी मोर्चाको बैठक सीता दाहालको निधनका कारण स्थगित भएको छ । प्रधानमन्त्री समेत रहेका मोर्चा घटक दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डी पत्नी समेत रहेकी दाहालको निधनका कारण अपराह्न चार बजेका लागि तय भएको बैठक स्थगित भएको हो ।

संसदीय समितिका बैठकहरू स्थगित

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनका कारण संसदीय समितिका बैठकहरू स्थगित भएका छन् ।समितिका सदस्यहरु श्रदाञ्जलीका लागि गएकाले बैठक स्थगित गरिएको संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर