साउन महिनामा यी चीज सपनामा देखेमा मालामाल र फलिफाप हुनेछ

काठमाडौं । यस वर्षको साउन महिना सुरु भइसकेको छ । हिन्दु पात्रोअनुसार असार १९ गतेदेखि सुरु भएको भगवान शिवको यो प्रिय साउन महिना आगामी भाद्र १४ मा समाप्त हुनेछ। हिन्दू धर्ममा साउन महिनालाई महादेवको पूजा गर्नका लागि उत्तम मानिन्छ । यो महिनामा भगवान शिवको पूजा–आराधना गरिन्छ । भगवान शिवलाई श्रावण महिनाको देवता भनिन्छ ।
साउन महिनामा भगवान शिव पार्वतीसँग पृथ्वीमा विराजमान भएर मानिसका दुःख–कष्ट बुझेर मनोकांक्षा पूरा गर्ने जनविश्वास छ, त्यसैले साउन महिना विशेष मानिन्छ । अर्कोतर्फ, धार्मिक शास्त्रअनुसार भगवान शिवसँग सम्बन्धित केही चीजहरू छन्, जुन सपनामा देखिएमा धेरै शुभ मानिन्छ। यदि साउन महिनामा कसैलाई सपनामा भगवान शिवसँग सम्बन्धित यी कुराहरू देखिएमा उसमाथि भगवान शिवको कृपा बर्सिन्छ भन्ने पनि विश्वास ।हिआएको छ । जानौं ती चीजहरू के–के हुन् ?
शिवलिंग
शिवलिंगको सपना देख्नु शिवभक्तिको विशेष फल मानिन्छ। भनिन्छ, सपनामा शिवलिङ्ग देख्नु भनेको भोलेनाथलाई आफैँले देख्नु जस्तै हो । यस्तो सपना देख्नुको अर्थ छिट्टै शुभ समाचार प्राप्त हुन सक्छ। यदि कुनै युवतीले सपनामा शिवलिङ्ग देखे भने यसको अर्थ छिट्टै बिहे हुनेछ ।
त्रिशूल
त्रिशूलका तीनवटा चुच्चोलाई काम, क्रोध र लोभको कारक मानिन्छ। भनिन्छ, ब्रह्माण्डमा सद्भाव कायम राख्न भगवान शिवले हातमा त्रिशूल धारण गरेका छन् । साउन महिनामा सपनामा त्रिशूल देख्नुको अर्थ भगवान शिवको कृपाले तपाइँका सबै संकटहरू नाश हुन लागेका छन् ।
सर्प
साउन महिनामा सपनामा नाग देवता देखिएमा पनि धेरै शुभ मानिन्छ । सपनामा सर्प देवता देखिनु धन वृद्धिको संकेत हो ।
डमरु
साउन महिनामा सपनामा डमरु देखिएमा पनि निकै शुभ मानिन्छ । यो तपाइँको जीवनमा स्थिरताको संकेत हो। यसको मतलब तपाइँको घरमा विवाह आदि जस्ता शुभ कार्य हुन सक्छन्।
नन्दी (साँढे)
शिवजीको सवारी अथवा वाहन नन्दी हो । नन्दी महाराजबिना शिव परिवारको पूजा अधुरो मानिन्छ । भनिन्छ, कि साउन महिनामा सपनामा नन्दी साँढे देख्नुभयो भने भगवान शिवजी तपाइँमाथि धेरै प्रसन्न हुनुहुन्छ र तपाइँलाई काममा सफलता मिल्नेछ । (स्रोतः विभिन्न हिन्दु धार्मिक ग्रन्थ र पुराणहरू)