फरवार्ड क्रिस्टियन पुलिसिक एसी मिलानसँग अनुबन्धनको नजिक

काठमाडौं । अमेरिकी फरवार्ड क्रिस्टियन पुलिसिक एसी मिलानसँग अनुबन्धनको नजिक देखिएका छन् ।

लण्डन क्लब चेल्सीका फरवार्ड पुलिसिक सिरि ए क्लबमा २० मिलियन पाउण्डमा जान लागेका हुन् । २४ वर्षका फरवार्डको मेडिकल लगायतको काम यसै हप्ताभित्र सकिने बताईएको छ ।

उनी सन् २०१९ मा बोरुसिया डर्टमण्डबाट ५७ दशमलव ६ मिलियन पाउण्डमा लण्डन क्लब आएका थिए । यस सम्झौताले उनलाई सबैभन्दा महङ्गा नर्थ अमेरिकी फुटबलर बनाएको थियो ।

उनले चेल्सीबाट १ सय ४५ खेलमा २६ गोल गरे । सन् २०२१ मा चेल्सीले जितेको च्याम्पियन्स लिगको टिममा समेत पुलिसिक थिए ।

यसअघि चेल्सीकै रुबिन लोफ्टस चेक यस समर ट्रान्सफरमा मिलान क्लबमा आबद्ध भएका थिए । चेल्सी फरवार्ड डेभिड फोफाना समेत लोनमा बुन्डेसलिगा क्लब युनियन बर्लिन गएका छन् ।

लण्डन क्लबले यस सिजनमा प्लेइङ सेटमा स्थापित खेलाडीलाई बेचेको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर