जनमतकी अनिता साह मन्त्रीमा सिफारिस, मन्त्रालय टुंगो लाग्न बाँकी

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको ६ दलीय गठबन्धनसहितको सरकारमा जनमत पार्टी पनि सहभागी हुने भएको छ। जनमत पार्टीले दलकी प्रमुख सचेतक अनिता साहलाई सरकारमा पठाउने निर्णय गरेको अध्यक्ष सिके राउतले जानकारी दिए। राउतका अनुसार मंगलबार बसेको दलको बैठकले साहलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाउने निर्णय गरेको हो। सरकारलाई समर्थन गरे पनि जनमतबाट मन्त्री बनेका थिएनन्।

गत चैत १७ गते काङ्ग्रेससहितको नयाँ मन्त्री थपिएपछि मन्त्रालयमा असन्तुष्टि जनाउँदै जनमतका उपाध्यक्ष अब्दुल खानले राजीनामा दिएका थिए। त्यसबेला उनी खानेपानी मन्त्री थिए। अनिता साह मन्त्रीमा पार्टीबाट सिरफारिस भए पनि यनको मन्त्रालय भने टुंगो लागेको छेन । भनिन्छ, प्रधानमन्त्रीले आफ्ना मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाई उनको ठाउँमा साहलाई राख्ने तयारी भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर