मिलान चेल्सीका फरवार्ड रोमेलु लुकाकुलाई क्लबमा राख्न इच्छुक

काठमाडौं । इन्टर मिलानले लण्डन क्लब चेल्सीका फरवार्ड रोमेलु लुकाकुलाई क्लबमा राख्न इच्छुक देखिएको छ । ३० वर्षका चेल्सी फरवार्ड लुकाकुले गत सिजन लोनमा इन्टरमा बिताएका थिए ।

बेल्जियमका अन्तराष्ट्रिय स्टारको १४ गोलको सहयोगमा इन्टरले सिरि एमा तेस्रो स्थान हासिल गरेको थियो भने च्याम्पियन्स लिगको फाइनलसम्म पुगेको थियो ।

म्यानचेस्टर युनाईटेडसँग गोलकिपर आन्द्रे ओनानासँग बार्गेनिङ गरिरहेको इन्टरले लुकाकुलाई स्थायी रुपमा अनुबन्धन गर्न सक्ने गरि पैसा जुटाउन सक्ने अपेक्षा गरिएको छ ।

चेल्सीले लुकाकुलाई बेच्न ४० मिलियन पाउण्डको अपेक्षा गरेको छ । इन्टरले ओनानाका लागि युनाईटेडसँग ५० मिलियन पाउण्डको माग गरेको छ । तर युनाईटेडले ओनानाका लागि सो मुल्य बढी भएको बताईरहेको छ ।

डेभिड डि गियाको बहिर्गमनसँगै प्रशिक्षक इरिक टेन हगले क्यामरुनका अन्तराष्ट्रिय गोलकिपरलाई अनुबन्धन गर्न चाहेका छन् । उनी अर्को हप्ता सुरु हुने चार म्याचको अन्तराष्ट्रिय भ्रमणमा नयाँ गोलकिपरलाई लैजान चाहन्छन् ।
चेल्सी अर्को हप्ता यूएस भ्रमणमा निस्कदैछ । तर लुकाकु चेल्सीको टिममा हुने वा नहुने टुङ्गो लागेको छैन ।

इन्टर मिलानले रोमेलु लुकाकुलाई म्यानचेस्टर युनाईटेडबाट सन् २०१९ मा कीर्तिमानी ८० मिलियन युरोमा ५ वर्षका लािग अनुबन्ध गरेको थियो ।

लुकाकुले दुई सिजनमा ९५ खेलमा ६४ गोल गरेपछि चेल्सीले सन् २०२१ को अगष्टमा करिब ९८ मिलियन पाउण्डमा बेल्जियमका अन्तराष्ट्रिय फरवार्डलाई किनेको थियो । उनी चेल्सीमा सन् २०११ देखि २०१४ सम्म रहदाँ असफल फरवार्डको रुपमा रहेका थिए । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर