प्रधानमन्त्रीद्वारा हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोलुखुम्बुमा भएको मनाङ एअरको हेलिकोप्टर दुर्घटनाप्रति दुःख प्रकट गरेका छन् । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको हेलिकोप्टर लिखुपिके गाउँपालिका–५, लामजुरापासको चिहानडाँडामा दुर्घटना भएको हो । प्रधानमन्त्री प्रचण्डले मृतकप्रति श्रद्धासुमन अर्पण गरे । हेलिकोप्टर दुर्घटनामा परी ६ जनाको निधन भएको छ । प्रधानमन्त्री प्रचण्डले दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारजनमा हार्दिक समवेदना पनि प्रकट गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर