सांसद विमलाको प्रश्न : “८०–९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ?”

काठमाडौँ । राष्ट्रपतिबाट मनोनीत सांसद तथा पूर्वपरराष्ट्रमन्त्री विमला राई पौड्यालले नेपालमा ८०–९० हजार सेना नचाहिने बताएकी छन् ।
राष्ट्रियसभामा मंगलबार विनियोजन विधेयक, २०८० सम्बन्धी भएको मन्त्रालयगत छलफलमा भागलिँदै उनले भनिन्, “हाम्रो देशको स्वार्थ रक्षा गर्न नसक्ने रक्षा मन्त्रालयलाई यति धेरै ८० हजार कि, ९० हजार सेना चाहिन्छ कि चाहिँदैन ? पुनरावलोकन गरौं । हाम्रो देशभित्र लडाइँ छैन, अनि छिमेकीसँग युद्ध हुने सम्भावना देखिँदैन । भइहाले पनि हामी टिक्न सक्ने अवस्था देखिँदैन । सीमा सुरक्षा गर्नका लागि राम्रोसँग कम्युनिकेट गर्न सक्दैन, सुरक्षा गर्ने त परै जाओस् । यस्तो मन्त्रालयलाई पाल्ने कि नपाल्ने ? ८०–९० हजार सेना हामीलाई चाहिन्छ कि चाहिँदैन ?”

रक्षालगायतका मन्त्रालयको खर्च कटौतीका लागि प्रस्ताव प्रस्तुत गर्दे सांसद पौड्यालले सेनाले सीमा सुरक्षा पनि गर्न नसकेको आरोप लगाइन् । “सीमा सुरक्षा भएको छ ? अतिक्रमणका सूचना दिनदिनै आएका छन् । सीमा सुरक्षामा परराष्ट्र र रक्षा मन्त्रालयको ठूलो हात हुन्छ । दुई मन्त्रालयबीचको समन्वय नभएर हाम्रा चासो व्यक्त गर्न पनि डराउँछौं”, उनले भनिन् । रक्षा मन्त्रालयमा विदेशीको पैसा लिएर भ्रमण हुने र विदेशीको पैसामा असाध्यै धेरै चलखेल हुने गरेको उनको आरोप थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर