मनाङ एअरको हेलिकोप्टर दुर्घटना : ६ जनाको मृत्यु

काठमाडौं– मनाङ एअरको हेलिकोप्टर दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। हेलिकोप्टरमा सवार ६ जनाको नै शव फेला परेको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ। सोलुखुम्बुको सुर्केस्थित हेलिप्याडबाट काठमाडौंका लागि उडेको मनाङ एअरको ९एन–एएमभी कलसाइन भएको हेलिकोप्टर मंगलबार बिहान ९:५२ बजे दुर्घटनामा परेको हो। हेलिकोप्टर सोलुखुम्बुकै लिखुपिके गाउँपालिका–५ भकाञ्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

सोलुखुम्बका प्रमुख जिल्ला अधिकारी बसन्त भट्टराईले ६ जनाको शव भेटिएको जानकारी दिए। हेलिकोप्टरमा पाइलटसहित ६ जना सवार थिए। (तस्बिरः सांकेतिक)

 हेलिकप्टर दुर्टनामा परेका  चालक तथा यात्रुको सूचीः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर