ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ परेका छन्।

सरकारी जग्गा हिनामिना गरेको आरोपमा उनीहरू मंगलबार बिहान काठमाडौँबाट पक्राउ परेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० ले जनाएको छ।

पक्राउ पर्नेमा तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिददार नारायणदास मिश्र छन्।

योसँगै पक्राउ पर्नेको संख्या १४ पुगेको छ। प्रहरीले यसअघि भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरेको छ।

प्रहरीले यस प्रकरणमा ४०६ जनालाई प्रतिवादी बनाएर अनुसन्धान अघि बढाएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर