मनाङ एअरको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा, पाँच वटा शव पनि भेटियो

काठमाडौं । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एअरको हेलिकोप्टर लामजुरामा दुर्घटना भएको छ ।
लिखु पिके गाउँपालिकाका अध्यक्ष मीना कार्की बस्नेतले लिखु पिके गाउँपालिका–५ भकान्जेस्थित लामजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जानकारी दिइन् ।

अध्यक्ष कार्कीले भनिन्, ‘‘च्यानडाँडामा चौंरी गोठालाहरुले हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा भेटेका छन् ।’’ हेलिकोप्टर क्याप्टेन चेत गुरुङले उडाएका थिए। सोलुखुम्बुको सुर्केबाट ६ यात्रु बोकेर सोमबार बिहान काठमाडौंका लागि उडेको मनाङ एअरको एनए–एमभी कलसाइन भएको हेलिकोप्टर १० बजेर १ मिनेटमा सम्पर्कविहीन भएको थियो ।

यसैबीच दुर्घटनास्थलमा पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले भने, ‘अहिलेसम्म ५ वटा शव भेटिएको छ । उनीहरुको पहिचान भएको छैन’, उक्त हेलिकप्टरमा पाइटलसहित ६ जना यात्रु थिए । प्रहरीले घटनास्थलमा उद्धारको काम सुरु गरिसकेको उनले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर