एपीएफ क्लबले लगातार तेस्रो जित दर्ता गर्याे

काठमाडौं । राजधानीमा जारी रहेको सातौं संस्करणको महिला तथा पुरुष क्लब लिग भलिबलमा महिला तर्फ नेपाल एपीएफ क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ ।

त्रिपरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कर्भड हलमा भएको मंगलबारको पहिलो खेलमा एभरेष्ट भलिबल क्लबलाई पराजित गर्दै विभागीय टोली नेपाल एपीएफले फाइनल नजिक पुगेको हो ।

उपाधी दावेदार मानिएको एपीएफले एभरेष्टलाई ३-० को सोझो सेटमा पराजित गरेको हो । एपीएफले २५-९, २५-१२, २५-१२ ले तीनै सेट जितेर खेल आफ्नो पक्षमा पारेको हो ।

एपीएफ ३ खेलमा ८ अंकका साथ दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानमा ३ खेलमा ९ अंकका साथ विभागिय टोली नेपाल पुलिस क्लब रहेको छ । दुई खेलमा ६ अंकका साथ न्यु डायमन्ड स्पोर्टस क्लब तेस्रो स्थानमा रहेको छ ।

एपीएफले पहिलो खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई र दोस्रो खेलमा गण्डकी प्रदेशलाई पराजित गरेको थियो।

एभरेष्टको भने यो लगातार तेस्रो हार हो । आज नै महिला तर्फ एक खेल हुँदा पुरुष तर्फ तीन खेल हुनेछ ।

प्रतियोगितामा महिला तर्फ ६ तथा पुरुष तर्फ ७ टोलीको सहभागीता रहेको छ । महिला र पुरुष तर्फ शीर्ष दुईमा रहने टोलीबीच फाइनल खेल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर