सुपरस्टार नेयमार अभ्यासमा फर्किए

काठमाडौं । ब्राजिली सुपरस्टार नेयमार अभ्यासमा फर्किएका छन् । प्रि–सिजन टूरको तयारी गरिरहेको फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)को अभ्यास सत्रमा नेयमार देखिएका हुन् ।

नेयमारको अनिश्चित भविष्यलाई लिएर विभिन्न आशंका छन् । करिब चार महिना चोटका कारण आराम गरेका नेयमार पीएसजीको प्रशिक्षणमा फर्किएका हुन् ।

करिब पाँच महिना अघि चोट बोकेका नेयमारले सल्यक्रिया गराएका थिए । उनी निको भएर समर ब्रेकपछि मैदान फर्किएको भिडियो क्लबले सार्वजनीक गरेको छ ।

३१ वर्षिया ब्राजिली स्टारको पेरिस बसाई अनिश्चित मानिएको छ । केही समय अघि पीएसजीले नेयमार बेच्न चाहेको समाचार सार्वजनीक भएको थियो । सोही कारण नेयमार बार्सिलोना, चेल्सी, म्यानचेस्टर युनाईटेड सहित प्रिमियर लिगका क्लबहरुसँग जोडिएका थिए ।

नेयमारको पीएसजीसँगको सम्झौता अझै दुई वर्ष बाँकी छ । उनले गत सिजन राम्रो सुरुआत गरेका थिए । उनले चोट बोक्नु अघि लिगको २० खेलमा १३ गोल गरेका थिए भने ११ गोलको अवसर सिर्जना गरेका थिए ।

पीएसजीले जुलाई २५ मा हुने मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो सम्मिलित अल नासिरसँग प्रतिस्पर्धा गर्नेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर