आजको मौसम : सबै प्रदेशमा पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले मुलुकका सबै प्रदेशमा पानी पर्ने सम्भावना रहेको जनाएको छ। अहिले बिहान कोशी, लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको पनि महाशाखाले जानकारी दिएको छ । यस्तै आज दिउँसो र राति पनि सबै प्रदेशमा वर्षाको सम्भावना रहेको उनले बताए।

मौसम महाशाखाले मंगलबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जनचट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर