आरजु राणाको असन्तुष्टि : अडियो योजनाबद्ध रेकर्ड

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूलाई रकम दिइएको भन्ने अडियो योजनाबद्ध रुपमा रेकर्ड गरिएको बताएकी छन् ।

प्रतिनिधिसभा बैठकपछि सोमबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद राणाले आरोपितहरुले अदालतमा दिएको बयानमा समेत योजनाबद्ध रुपमा रेकर्ड गरेको उल्लेख रहेको भन्दै उनले आफूलाई फसाउने गलत नियतले अडियो बाहिर ल्याइएको दावी गरिन् । उनले नेपाल प्रहरीले तथ्यहीन अडियोलाई प्रेसमा ल्याएको भन्दै असन्तुष्टि व्यक्त गगरिन् । उनले भनिन्, ‘‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो । तर उसले जे भनेको छ, त्यो चाहिँ गलत भनेको र उसले आफैँ पनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो । म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ र अदालतमा पनि त्यही बयान दिनु भएको छ । अर्को कुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप जुन ४ गते नै त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ । त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ । ४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ? यो मेरा लागि पनि ठूलो प्रश्न हो ।’’

उनले भनिन्, ‘‘भोलि कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ । मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो । जब उनीहरुलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर । त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?’’

राणाले अमरेशकुमार सिंहविरुद्ध आफूले मानहानीको मुद्दा दर्ता गराएको प्रसंग निकाल्दै आफूमाथि लगाइएको आरोपहरु पुष्टि गर्न चुनौतिसमेत दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर